T10 T10

भारतद्धारा अमेरिकासामु जितकालागि १६२ रनको चुनौति पेश

शनिबार, माघ २४, २०८२
Global

काठमाडौं:आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा भारत अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भएको छ। शीर्षक्रम ध्वस्त बनेपछि घरेलु टोली १६१ रनमै सीमित भयो।

मुम्बईको वान्खेडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो। सुरुआतमै ओपनर जोडी सस्तोमा समेटिँदा भारत दबाबमा परेको थियो। इशान किशन २० रनमै आउट हुँदा अभिषेक शर्मा खाता नखोली फर्किए। त्यसपछि आएका रिंकु सिंहले ६ रन मात्र जोड्न सके भने हार्दिक पाण्ड्याले ५ रन बनाए। शिभम दुबेले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

मध्यक्रममा कप्तान सूर्यकुमार यादवले जिम्मेवारीपूर्ण इनिङ्स खेले। उनले ४९ बलमा ८४ रनको आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याए। तेस्रो नम्बरमा उत्रिएका तिलक वर्माले २५ रनको योगदान दिए।

अमेरिकाका बलरहरूले सशक्त प्रदर्शन गर्दै भारतलाई ठूलो स्कोर बनाउनबाट रोके। शाड्ली भान शाल्कवाइकले एकै ओभरमा तीन विकेटसहित कुल चार विकेट लिएर खेलमा निर्णायक भूमिका खेले। हर्मित सिंहले दुई विकेट लिए भने मोहम्मद मोहसिन र अली खानले समान एक–एक विकेट हात पारे।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्