सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :पुर्णियाले भारतको जोगबनीमा सम्पन्न अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको फाइनलखेलमा मुजफरपुरलाई ७ विकेटले पराजित गर्दै पुर्णियाले उपाधि जितेको हो ।
१ सय ६१ रनकोे लक्ष्य पाएको पुरर्णयाले २० ओभरमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । पुर्णियाको जितमा शिसिर साकेतले ५८ रन बनाउँदा आयनले ३५ रनको योगदान दिए । मुजफरपुरका शिवाञ्सु राजाले १ विकेट लिँदा मयंक कुमारले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरको खेलमा २० दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ६० रनको योगफल तयार गरेको थियो । मुजफरपुरका मनिकान्तले ५७ रन बनाउँदा अमित पान्थरले २२ रनको योगदान दिए । पुर्णियाका शिसिर साकेतले २ विकेट लिँदा साकिव आलमले पनि २ विकेट लिए । फाइनल खेलमा प्लेयर अफ द फाइनल पुर्णियाका अलराउण्डर खेलाडी शिसिर साकेत घोषित भए भने प्लेयर अफ द सिरिज पुर्णियाका शिसिर साकेत भए ।