सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइले) ले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को सुरुवाती २० खेलको तालिका सार्वजनिक गरेको छ।
यस सिजनको उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा हुनेछ । जहाँ साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबाद (एसआरएच) को सामना गर्नेछ। गत वर्षको फाइनलमा पञ्जाब किंग्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको आरसिबी यस पटक डिफेन्डिङ च्याम्पियनको रूपमा मैदान उत्रिनेछ।
चुनावका कारण बीसीसीआईले अहिलेलाई पहिलो चरणको मात्र कार्यतालिका सार्वजनिक गरेको हो। तमिलनाडु, पश्चिम बंगाल र असममा हुने विधानसभा चुनावको मिति तय भएपछि बाँकी खेलहरूको तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। पहिलो चरणका २० खेलहरू बेंगलुरु, मुम्बई, गुवाहाटी, लखनऊ र कोलकातासहित १० वटा प्रमुख सहरमा खेलाइनेछन्।
बेंगलुरुको चिन्नास्वामी स्टेडियममा हुने खेलहरूका लागि भने स्थानीय सरकारको विशेष अनुमति आवश्यक पर्नेछ। गत वर्ष उपाधि जितेपछि स्टेडियम बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। बेंगलुरुले आफ्ना ७ वटा होम म्याचमध्ये ५ वटा चिन्नास्वामीमा र २ वटा खेल रायपुरमा खेल्ने तय भएको छ। चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता ठूला टोलीहरूले पनि मार्चको सुरुदेखि नै आफ्नो प्रशिक्षण शिविर सुरु गरिसकेका छन् ।