सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फको उपाधि न्यु डाइमण्ड स्पोर्ट्स क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा न्यु डाइमण्डले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दै विजेता बनेको हो। न्यु डाइमण्डले सेटहरू २५-१८, २५-१९ र २५-१८ ले जित्यो।
महिला तर्फ तेस्रो स्थान एपीएफ क्लबले हासिल गरेको छ भने पुरुष तर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थानमा स्थान बनाएको छ। पुरुष फाइनल पाँच सेटसम्म गएको खेलमा नेपाल पुलिसले पछिल्ला तीन सेट २६-२५, २५-२२ र १५-१० ले जित्दै उपाधि आफ्नो पक्षमा पारेको थियो।
प्रतियोगितामा विजेताले ट्रफीसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार, तथा विधागत उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक एनभीएले जनाएको छ।