सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ ।
गएराती भएको तेस्रो खेलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै भारतले दुई खेलबाँकी छँदै सिरिज हात पारेको हो । जितकालागि न्युजल्याण्डले दिएको १५३ रनको लक्ष्य भारतले १० ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । भारतको जितमा अभिषेक शर्मा र कप्तान सुर्यकुमार यादबले बिस्फोटक ब्याटिङ गरे ।
ओपनर अभिषेक शर्माले मात्र २० बलमा ६८ रनको आक्रामक पारी खेल्दै जितको आधार तयार पारे। कप्तान सूर्यकुमार यादवले ५७ रनको अविजित योगदान दिएपछि भारतले मात्र १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । इशान किशनले २८ रन जोडे ।
टस हारेर पहिले ब्याटिङमा तानिएकोे न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो। उसकालागि ग्लेन फिलिप्सले ४८ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।
न्यूजिल्याण्डलाई सस्तैमा समेट्न भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने हार्दिक पाण्डेय र रवि विश्नोईले २–२ विकेट झार्दै मध्यक्रम ध्वस्त बनाए । सिरिजको चौथो खेल जनवरी २८ मा हुने तालिका रहेको छ।