नेपालले आज स्कटल्याण्डसंग खेल्दै

सोमबार, माघ १२, २०८२

काठमाडौँ :महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको यात्रा जीवित राख्न नेपालका लागि स्कटल्याण्ड विरुद्धको खेल निर्णायक रहेको छ । यी दुई टोलीबीचको खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ ।

यसअघिका दुई खेलमा हार र एक खेलमा जित निकालेको नेपाली टोली सुपर सिक्स चरणमा स्थान बनाउन आतुर देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्