T10 T10
स्पेनिस ला लिगा

एम्बाप्पेको दुई गोलमा रियल मड्रिड शीर्ष स्थानमा, भिल्लारियल पराजित

आइतबार, माघ ११, २०८२
Global

काठमाडौं :स्पेनिस ला लिगामा रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकाको शीर्ष स्थान आफ्नो कब्जामा लिएको छ।

आइतबार बिहान सम्पन्न खेलमा रियलले भिल्लारियललाई २–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। यो जितसँगै उपाधि होड झनै रोमाञ्चक बनेको छ।

रियलको जितमा स्टार फरवार्ड किलियन एम्बाप्पे निर्णायक बने। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै उनले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेल सकिन केही क्षण बाँकी रहँदा इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई समेत उनले सहजै गोलमा परिणत गर्दै जित सुनिश्चित गरे।

भिल्लारियलले खेलभरि संघर्षपूर्ण खेल देखाउँदै केही अवसर सिर्जना गरे पनि रियल मड्रिडको मजबुत रक्षा र गोलकिपरलाई पार गर्न सकेन।

यस जितपछि रियल मड्रिडको अंक ५१ पुगेको छ र टोली तालिकाको पहिलो स्थानमा उक्लिएको छ। यसअघि अग्रस्थानमा रहेको बार्सिलोना ४९ अंकसहित दोस्रो स्थानमा सीमित भएको छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्