T10 T10

महिला टी–२० ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद पुरस्कार पाउने

सोमबार, पुस २८, २०८२
Global

काठमाडौं :आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठले बताए। उनका अनुसार महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रगति गरिरहेकाले खेलाडीलाई सम्मान र हौसला आवश्यक रहेको छ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ देखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालले छनोटको पहिलो खेल जनवरी १८ मा थाइल्यान्डसँग खेल्नेछ। यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन्।

छनोटमा सहभागी १० टोलीमध्ये शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्