T10 T10

न्यूजील्यान्डद्धारा भारतसामु ३०१ रनको लक्ष्य प्रस्तुत

आइतबार, पुस २७, २०८२
Global

काठमाडौं :भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा न्यूजील्यान्डले ३०१ रन को लक्ष्य दिएको छ ।

भारतको बडोदरामा टस हारेर पहिले ब्याटिङमा तानिएको न्यूयुजल्याण्डले  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३०० रन बनायो । न्यूजील्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ७१ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा आकर्षक इनिङ्स खेले । ४८औँ ओभरमा प्रसिद्ध कृष्णाले गरेको बलिङमा मिचेल आउट भए ।

सो ओभरको तेस्रो बलसम्म उनले २ चौका र १ छक्का प्रहार गरे पनि चौथो बलमा मिस हुँदा एलबीडब्ल्यूको धरापमा परे ।

डीआरएस लिए पनि निर्णय उल्टिन सकेन ।
हेनरी निकोल्सले ६२ तथा डेभन कोनवेले ५६ रनको अर्धसतकिय पारी खेले । ४८ ओभर सकिँदा न्यूजील्यान्डको स्कोर ८ विकेटको क्षतिमा २८१ रन पुगेको थियो ।

त्यसपछि बाँकी ओभरमा थप रन जोड्दै टोलीले ३०० रनको आँकडा पार ग¥यो । बलिङतर्फ मोहम्मद सिराज,हर्षित राना र प्रशिद्धि कृष्णले समान २–२ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्