T10 T10

नेपालको लगातार दोस्रो हार,स्कटल्याण्डसंग पनि हार्‍यो

शुक्रबार, पुस २५, २०८२
Global

काठमाडौँ :आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अघिको अभ्यास खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसंग २७ रनले पराजित भएको हो । जितकालागि स्कटल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन माबै बनाउन सक्यो ।

नेपालकालागि सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै अविजित ५२ रन जोडेपनि जितकालागि पर्याीत हुन सकेन । कविता कुँवरले २९ तथा कप्तान इन्दु बर्माले २८ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले विष्फोटक ब्याटिङ गर्दै २८ ६२ रन जोडिन् ।

पहिलो खेलमा नेपाल अमेरिकासंग ८ विकेटले पराजित भएको थियो । नेपालले आइतवार जिम्बाबेसंग खेल्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्