T10 T10
महिला टी–२० विश्वकप ग्लोबल छनोट

नेपालले खेल्ने चारैवटा खेल त्रिवि क्रिकेट मैदानमा

बिहीबार, पुस २४, २०८२
Global

काठमाडौँ :नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता माघ ४ गतेदेखि सुरु हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार समूह चरणमा नेपालले खेल्ने चारैवटा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुनेछ। यसअघि दुई खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने भनिए पनि पछि तालिका संशोधन गरिएको हो।

तालिकाअनुसार नेपालले उद्घाटन खेल माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। त्यसपछि माघ ८ गते नेदरल्यान्ड्स, माघ १० गते जिम्बावे र माघ १२ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

१० टोली सहभागी रहने यो प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ। समूह चरणपछि दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा प्रवेश गर्नेछन्। ‘सुपर–सिक्स’ चरणबाट उत्कृष्ट चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्।

612959872_1340102234812820_4147116410315263623_n-1767862027.jpg


 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्