सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली महिला क्रिकेटर पूजा महतोले एनएसजेफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड हात पारेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा आज भएको २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा पूजा उत्कृष्ठ युवा वर्ष खेलाडी घोषित भएकी हुन् ।
नेपाल महिला यू–१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्याउँदा नेपालको नेतृत्व गरेकी पूजाले एसिया कपमा समेत प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।
एथलेटिक्सका अजय बीके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङलाई पछि पार्दै उनले यो अवार्ड हात पारेकी हुन् ।
पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले प्राप्त गरेकी छन् । एनएसजेएफ स्पेशल अवार्ड तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङले हात पारेका छन् । कोच अफ दि इयरको उपाधि पारा देगोन्दोको प्रशिक्षक ककिराज नेगी लामाले जितेका छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्ड खड्ग रानाभाटलाई प्रदान गरिएको छ । पिपुल्स च्वाईसको अवार्ड भलिबलका हिमाल सोनारीले हात पारेका छन् ।
बर्ष उत्कृष्ठ खेलाडीको अवार्ड महिला तर्फ ऐरीका गुरुङ तथा पुरुषतर्फ दिपेन्द्र सिं ऐरीले हात पारेका छन् ।
ट्रेलब्लेजर अफ दि इयरको अवार्ड पारा खेलाडी पलेशा गोर्बदनले हात पारेकी छन् ।