सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी टि–२० महिला विश्वकप क्वालिफायर अघिको चार देश सम्मिलित अभ्यास खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा नेपाल अमेरिकासंग ८ विकेटले पराजित भएको हो। जितकालागि नेपालले दिएको १५४ रनको लक्ष्य अमेरिकाले मात्र २ विकेट गुमाएर भेट्टायो ।
त्सअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालका लागि सम्झना कुमारी खड्काले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रन जोडिन् । इन्दु वर्मा ३४ रनमा अविजित रहँदा कबिता जोशी,रुबिना क्षेत्री र बिन्दु रावलले समान २०–२० रन रन जोडिन्। काजोल श्रेष्ट शुन्य रनमा समेटिइन् । १५४ रनको लक्ष्य पछ्याएको अमेरिकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले दोस्रो खेलमा शुक्रवार स्कटल्याण्ड तथा आइतवार जिम्बाबेसंग खेल्ने छ।
सबै खेलहरु मुलपानी माथिल्लो क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
महिला विश्कप ग्लोबल छनौटका खेलहरु आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ ।