T10 T10

अमेरिका विरुद्ध नेपाल ब्याटिङमा

बुधबार, पुस २३, २०८२
Global

काठमाडौँ :आइसीसी टि–२० विश्वकप क्वालिफायर अघिको अध्यास खेलमा नेपालले अमेरिका विरुद्ध ब्याटिङ थालेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ रोजेकी हुन् । नेपाली महिला क्रिकेट टोलीले विश्वकप क्वालिफायर अघि तीन देशसंग अन्तराष्ट्रिय अभ्यास खेल खेल्ने छ ।

नेपालले अमेरिका,स्कटल्याण्ड र जिम्बाबे सम्मिलित सिरिज खेल्ने छ । शुक्रबार स्कटल्याण्ड तथा आइतवार जिम्बाबेसंग खेल्ने छ। सबै खेलहरु मुलपानी माथिल्लो क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासंगै उपकप्तान पूजा महतो,रुबिना क्षेत्री,सिता राना मगर,बिन्दु रावल।सम्झना खड्का,काजेल श्रेष्ठ,कबिता जोशी,कविता कुँवर,रचना चौधरी,रिया शर्मा,रोमा थापा,सुमन विष्ट,राजमती उैरी । मनिषा उपाध्याय रहेका छन् ।

महिला विश्कप ग्लोबल छनौटका खेलहरु आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्