T10 T10

टि–२० विश्वकपकालागि नेपाली टोलीको घोषणा 

कुशल मल्ल टोलीमा अटाएनन् 
मंगलबार, पुस २२, २०८२
Global

काठमाडौँ :आइसीसी टि–२० विश्वकपकालागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमति रुपमा टोलीमा रहँदै आएका कुशल मल्ल यसपटक टोलीबाट बाहिरिएका छन् । नेपाल प्रिमियर लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने तीन खेलाडी लोकश बम, बसिर अहमद र शेर मल्लले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाली टोलीमा कप्तान पौडेलसंगै उपकप्तान दिपेन्द्र सिं ऐरी,सन्दीप लामीछाने, कुशल भुर्तेल,आशिफ शेख,आरिफ शेख,सन्दीप जोरा,सोमपाल कामी र करण केसी रहेका छन् ।

यस्तै टोलीमा नन्दन यादब गुल्शन झा र ललित राजवंशीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

आइसीसी टि–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रुपमा हुँदैछ । 

cricket-1767707096.jpg


 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्