T10 T10

नेपाली महिला टोलीले भोलीबाट चार देशिय सिरिज खेल्ने 

मंगलबार, पुस २२, २०८२
Global

काठमाडौँ :आइसीसी टि–२० विश्वकप क्वालिफायर अघि नेपाली महिला क्रिकेट टोलीले चार देशिय अन्तराष्ट्रिय अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले अमेरिका,स्कटल्याण्ड र जिम्बाबे सम्मिलित सिरिज खेल्ने भएको हो । नेपालले भोली हुने पहिलो अध्यास खेलमा अमेरिकासंग माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार स्कटल्याण्ड तथा आइतवार जिम्बाबेसंग खेल्ने छ। सबै खेलहरु मुलपानी माथिल्लो क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासंगै उपकप्तान पूजा महतो,रुबिना क्षेत्री,सिता राना मगर,बिन्दु रावल।सम्झना खड्का,काजेल श्रेष्ठ,कबिता जोशी,कविता कुँवर,रचना चौधरी,रिया शर्मा,रोमा थापा,सुमन विष्ट,राजमती उैरी । मनिषा उपाध्याय रहेका छन् ।

महिला विश्कप ग्लोबल छनौटका खेलहरु आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ । 

612222368_1338668011622909_8403183415836111167_n-1767697974.jpg


 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्