सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय टिमको जर्सी सार्वजनिक गरिएको हो।भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपको दशौं संस्करण माघ २४ देखि सुरु हुँदैछ। प्रतियोगिता २९ दिनसम्म चल्नेछ भने २० टोली सहभागी हुनेछन्। खेलहरू भारतका पाँच र श्रीलंकाका तीन मैदानमा हुनेछन्। प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।
नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्।
नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ। वेस्ट इन्डिजसँगको खेल फागुन ३ मा हुनेछ भने बंगलादेशसँग फागुन ५ मा अन्तिम खेल खेल्ने तालिका छ। नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछन्।
विश्वकपका खेलहरू भारतका अहमदाबाद, चेन्नई, नयाँ दिल्ली, मुम्बई र कोलकाताका मैदान तथा श्रीलंकाको कोलम्बो र क्यान्डीका रंगशालामा आयोजना हुनेछन्।
तस्वीर सौजन्य :क्यान