T10 T10

विश्वकपमा नेपालले लगाउने जर्सी भोली सार्बजनिक हुने 

टी–२० विश्वकपको ट्रफी पनि भोली नै सार्वजनिक हुने
आइतबार, पुस २०, २०८२
Global

काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले टि–२० विश्वकपको आधिकारिक जर्सी सार्बजनिक गर्ने भएको छ ।

भारत र श्रीलांकामा संयुक्त रुपमा आयोजना हुने आइसीसी टी–२० विश्वकपमा नेपाली खेलाडीले लगाउने जर्सी क्यानले भोली सोमवार एक कार्यक्रमकाबीच सार्बजनिक गर्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले स्पोर्टस हबलाई जानकारी दिएका छन् ।

क्यानले भोली नै आइसीसी टी–२० विश्वकपको ट्रफी सार्बजनिक गर्ने छ । यसअघि सन् २०१८ मा  एक दिवशीय विश्वकको ट्रफी नेपाललमा ल्याईएको थियो । टी–२० विश्वकपको ट्रफी भने नेपालमा पहिलो पटक सार्बजनिक गर्न लागिएको हो । 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्