सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : सन् २०२६ मा नेपाली क्रिकेट वर्षभर सक्रिय रहने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपाली क्रिकेट अन्तर्राष्ट्रियदेखि घरेलु तथा उमेर समूहका प्रतियोगितासम्म बाह्रै महिना चलायमान रहने छ।
क्यालेन्डरमा पुरुष, महिला र उमेर समूहका अन्तर्राष्ट्रिय तथा घरेलु सबै प्रतियोगिता समेटिएको छ। क्रिकेटलाई वर्षभर सक्रिय बनाउन क्यालेन्डर ल्याइएको क्यानका सचिव पारस खड्काले बताउनुभयो।
पत्रकार सम्मेलनमा खड्काले राष्ट्रिय टोलीसँगै घरेलु क्रिकेट संरचना बलियो बनाउन क्यानले विशेष ध्यान दिएको बताउनुभयो। प्रतियोगिता व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतबाट आर्थिक जोहो गरिने र आइसिसी तथा एसिसीबाट प्राप्त सहयोगले कार्यक्रम सञ्चालनमा टेवा पुग्ने पनि उहाँले बताउनुभयो।
क्यालेन्डरअनुसार जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै हुने छ। फेब्रुअरीमा नेपाली पुरुष टोलीले भारत र श्रीलङ्कामा टी–२० विश्वकप खेल्ने छ भने महिला टोलीका लागि प्रिमियर कप पनि प्रस्ताव गरिएको छ।
यस्तै मार्चमा पुरुष टोलीले विश्वकप लिग–२ सिरिज खेल्ने छ भने महिलाका लागि बाइल्याटरल सिरिज तय गरिएको छ। यू–१९ र यू–१६ टोलीका अन्तर्राष्ट्रिय खेल पनि क्यालेन्डरमा समावेश छन्।
घरेलु क्रिकेटलाई चलायमान बनाउन पिएम कप क्रिकेट, विभिन्न राष्ट्रिय प्रतियोगिता, लिग तथा स्कुल च्याम्पियनसिपका कार्यक्रमहरू पनि वार्षिक क्यालेन्डरमा समेटिएको छ।