सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी र पत्रकार वर्षा बस्नेतले इन्गेजमेन्ट गरेका छन् ।
निकै लामो समय देखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतले अन्ततः शुक्रवार औँठी साटासाट गरेको तस्वीर समाजिक सञ्जाल मार्फत सार्बजनिक गरेका हुन् ।
यी दुई अब निकट भबिष्यमा बैबाहिक बनधनमा बाधिँने छन् । बर्षा बस्नेत मनोरञ्जन क्षेत्रमा सक्रिय छिन् ।
उनले आफ्नै अनलाइन सिने पार्टी नामक मनोरञ्जन पोर्टल तथा युट्युब सञ्चालन गरिरहेकी छन् ।