सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाका अनुभवी क्रिकेटर उस्मान ख्वाजाले इङ्ग्ल्यान्डविरुद्ध हुने पाँचौँ एशेज टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्।
उक्त टेस्ट ख्वाजाको करियरको ८८औँ तथा अन्तिम टेस्ट हुनेछ। यससँगै करिब १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा औपचारिक पूर्णविराम लाग्नेछ। ३९ वर्षीय ख्वाजाले आज बिहान आफ्ना टोलीका सहकर्मीहरूलाई सन्न्यासको निर्णयबारे जानकारी गराएका हुन्।
सन् २०११ मा रिकी पोन्टिङ घाइते भएपछि टेस्ट टिममा अवसर पाएका ख्वाजाले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट क्रिकेटमा ६ हजारभन्दा बढी रन जोडिसकेका छन्।