सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाली लेग–स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल) को जारी संस्करणमा आफ्नो चौथो खेल बिहीबार खेल्दैछ।
वारियर्सले चौथो खेलमा रंगपुर राइडर्सको सामना गर्नेछ। यी दुई टिमबीचको भिडन्त बिहीबार अपराह्न ५ः४५ बजेदेखि सुरु हुनेछ।
जारी सिजनमा वारियर्स तेस्रो जितको खोजीमा मैदान उत्रिन लागेको हो। टोलीले पहिलो र तेस्रो खेलमा प्रभावशाली जित हात पारेको थियो।
बिहीबार पनि जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्य वारियर्सको छ।
पछिल्लो खेलमा भने सन्दीपलाई प्लेइङ–११ मा समावेश गरिएको थिएन। पिच फास्ट बलरमैत्री देखिएकाले उनलाई विश्राम दिइएको टोलीले जनाएको थियो।
जारी बिपिएलमा सन्दीपले हालसम्म दुई खेल खेल्दै ९.१२ को इकोनमीमा तीन विकेट लिएका छन्।