सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी पहिलो पटक नेपाल आइपुग्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार यहि पुस २१ देखि २३ गतेसम्म नेपालमा विश्वकपको ट्रफि टुर हुन लागेको हो । कार्यक्रमको विस्तृत तालिका, स्थान र गतिविधिबारे क्यानले छिट्टै बिस्तृत सार्वजनिक गरिने जनाएको छ । टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।
विश्वकप ट्रफी टुर भारत र श्रीलङ्कालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज, राम सेतुदेखि औपचारिक रूपमा सुरु गरिएको हो। यस टुरका क्रममा नेपाली क्रिकेटप्रेमीहरूले विश्वकप ट्रफीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्।
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
नेपालसहित २० टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मार्च ८ मा आयोजना हुनेछ ।