सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२५–२६ अन्तर्गत साेमवार भएको खेलमा राजशाही वारियर्स ले नोआखाली एक्सप्रेस विरुद्ध ६ विकेटकाे सानदार जित निकालेकाे छ ।
नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने लाई राजशाही वारियर्सले प्लेइङ–११ मा समावेश गरेन । सन्दीप बेंचमा बसेको खेलमा पनि राजशाहीले प्रभावशाली प्रदर्शन गर्दै नोआखालीमाथि नियन्त्रण कायम राख्यो ।
जितकालागी पाएकाे १२५ रनकाे लक्ष्य वारियर्सले १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे । पहिले ब्याटिङ गरेको नोआखाली एक्सप्रेस कमजोर योगफलमै समेटिएको थियो । त्यसपछि लक्ष्य पछ्याएको राजशाही वारियर्सले सहज रूपमा लक्ष्य पूरा गर्दै महत्वपूर्ण जित निकालेको हो ।
सन्दीप लामिछाने मैदानमा नउत्रिए पनि राजशाही वारियर्सको बलिङ र ब्याटिङ दुवै पक्ष सन्तुलित देखियो । यस जितसँगै राजशाहीले प्रतियोगितामा प्लेअफ सम्भावना बलियाे बनाएकाे छ ।