T10 T10

सन्दीप लामीछाने आज बेञ्चमा 

सोमबार, पुस १४, २०८२

काठमाडौँ :बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा राजशाही वारियर्सले सन्दीप लामीछानेलाई नखेलाउने भएको छ ।

नोआखाली एक्सप्रेसविरुद्धको खेलमा टस जितेर पहिले बलिङ रोजेको वारियर्सले जारी गरेको सुरुवाती-११ मा सन्दीपको नाम उल्लेख गरेको छैन । सन्दीपलाई आज बेञ्चमा राखिएको छ ।

राजशाहीको बलिङ आक्रमणका मुख्य आधार लामिछानेले लिगमा प्रभावशाली प्रदर्शन गर्दै खेलेका दुई खेलमा ३ विकेट लिँदै टोलीलाई महत्वपूर्ण योगदान दिएका छन् । आजको खेल जितेमा राजशाहीको प्लेअफ यात्रा थप सहज बन्ने छ ।

जारी लिगमा नोआखाली एक्सप्रेस जित बिहिन छ । उसले खेलेका दुवै खेलमा पराजय भोगेको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्