सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भुटानका स्पिनर सोनाम येशीले टी–२० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन्।
२२ वर्षीय सोनामले गत डिसेम्बर २६ मा म्यानमारविरुद्ध खेलेको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा एकै खेलमा ८ विकेट लिएर इतिहास रचेका हुन्। उनले ४ ओभर बलिङ गर्दै मात्र ७ रन खर्चिएर ८ विकेट हात पारे।
उक्त खेलमा भुटानले पहिले ब्याटिङ गर्दै म्यानमारसामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङअघि टिक्न सकेन र ४५ रनमै अलआउट भयो।
सोनामले सन् २०२२ मा मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। हालसम्म उनले ३४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३७ विकेट आफ्नो नाममा लेखाइसकेका छन्।