T10 T10

बीपीएलमा आज सन्दीप लामिछानेको परीक्षा

राजशाही वारियर्स नोआखालीसँग भिड्दै
सोमबार, पुस १४, २०८२

काठमाडौं:नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध राजशाही वारियर्स ले बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आज नोआखाली एक्सप्रेस सँग प्रतिस्पर्धा गर्दैछ। लिगको छैटौँ खेलका रूपमा रहेको यो खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
राजशाही वारियर्सले यस सिजन मिश्रित प्रदर्शन गरेको छ। खेलेका खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको राजशाही अंक तालिकामा मध्यम स्थानमा रहेको छ। आजको खेल जितेमा टोलीको प्लेअफ यात्रा थप सहज बन्नेछ। उता नोआखाली एक्सप्रेस भने लगातार हारको दबाबमा छ र पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ।
राजशाहीको बलिङ आक्रमणको मुख्य आधारका रूपमा रहेका सन्दीप लामिछानेले हालसम्म लिगमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। उनले खेलेका दुई खेलमा ३ विकेट लिँदै टोलीलाई महत्वपूर्ण योगदान दिएका छन्। विशेषगरी मध्य ओभरमा विकेट झार्ने सन्दीपको क्षमताले राजशाहीलाई खेलमा फर्काउने काम गरेको छ।
आजको खेलमा पनि सन्दीपको लेग स्पिन राजशाहीका लागि निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ। लिगको रोमाञ्चक प्रतिस्पर्धामा नेपाली खेलाडीको प्रदर्शनप्रति नेपाली समर्थकको विशेष चासो रहनेछ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्