सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बङगलादेशको ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको ५९ बर्षको उमेरमा निधन भएको छ ।
बांगलादेश प्रिमियर लिगको खेलको दौरान आज मैदानमै ढलेका उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजशाही वारियर्ससँगको खेल सुरु हुनु भन्दा केही मिनेट पहिले मैदानमा लडेका उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याईएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बंगालादेश क्रिकेट बोर्डले जाकीको निधनको खबरले स्तब्ध तुल्याएको बताउँदै शोक सन्तप्त परिवार, मित्र एवम् क्रिकेट समुदायसँग समवेदना प्रकट गरेको छ।