सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले प्रतियोगितामा बनेका रनबराबर कफीका बिरुवा रोप्ने घोषणा गरेको छ।
गत महिना सम्पन्न सिजन २ का ३२ खेलमा ४२७ छक्का र ६०७ चौका प्रहार हुँदा कुल ४ हजार ९ सय ९० रन बनेका थिए। कलेजले यसअघि गरेको प्रतिबद्धताअनुसार सोही संख्यामा कफीका बिरुवा रोप्ने जनाएको हो।
तर बिरुवा कहाँ र कहिले रोप्ने भन्ने विषयमा निर्णय भइनसकेको कलेजले जनाएको छ।