सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)को सुरुआत जितसँगै गरेको छ। शुक्रबार सिल्हेट टाइटन्सविरुद्धको खेलमा राजशाहीले ८ विकेटले जीत हासिल गर्यो।
सिल्हेटले दिएको १९१ रनको लक्ष्य राजशाहीले अन्तिम दुई बल अघि २ विकेट गुमाएर पूरा गर्यो। कप्तान नजमुल हसेन शान्तोले ६० बलमा १० चौका र ५ छक्कासहित अविजित १०१ रन बनाए। मुशफिकुर रहिमले ३१ बलमा ५१ रन जोडे। दुवैबीच तेस्रो विकेटका लागि १३२ रनको ठुलो साझेदारी भयो।
सिल्हेटका लागि परवेज हुसेन इमनले ६५ रन बनाए भने रोनी तालुकदारले ४१ रनको योगदान दिए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। यस जितसँगै राजशाहीले २ अंक जोडेको छ।