टी–२० विश्वकपको तयारी क्याम्पमा २४ खेलाडी छानिए

आइतबार, पुस ६, २०८२

काठमाडौँ :आइसीसी टी–२० विश्वकपकालागि नेपाली टोलीलाई तयारी क्याम्पमा बोलाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलसहित २४ खेलाडीलाई तयारी क्याम्पमा बोलाएको हो । एनपिएलको दोस्रो सिजनमा उत्कृष्ठ प्रदर्शन गर्ने बिनोद भण्डारी र शेर मल्लले पनि नेपाली टोलीमा स्थान बनाएका छन् । तयारी क्याम्प आगामी पौष ७ गतेदेखि सञ्चारलन हुनेछ । टी–२० विश्वकप आगामी फेबु्रअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ । 
यी हुन तयारी क्याम्पका छानिएका २४ खेलाडी :
रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह

601972512_1326773232812387_5037811023822711076_n-1766321774.jpg


 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्