सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर : ग्रिनपिस स्कुल र सरस्वती स्कुल विराटनगरमा जारी चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आइतवार भएको खेलमा ग्रिनपिस स्कुल र सरस्वती स्कुल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याड स्कुललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ९२ रनको योगफल तयार पारेको थियो ।
ग्रिनल्याण्डका प्रिन्स यादवले १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेराज शैखले ३ विकेट लिँदा महमद समिमले पनि ३ विकेट लिए ।जवाफमा ९३ रनको लक्ष पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ बलमा सवै विकेट गुमाई ५७ रनको झिनो योगफल तयार पारेको थियो । आदर्शका आरिफ रैनले सर्वाधिक १४ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच सुरज मण्डलले सर्वाधक ४ विकेट लिए ।
जवाफमा ५८ रनको झिनो लक्ष पाएको सरस्वतीले ११ दशमलव २ बलमा ४ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले ११ रनको योगदान दिए । आदर्शका धनन्जय सहनीले ३ विकेट लिए ।