सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ ।
आज भएको फाइनलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले दोस्रो पटक उपाधि उचालेको हो । दुबईस्थित आईसीसी एकेडेमीमा पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट हुन पुग्यो । भारतका ओपनर वैभव सूर्यवंशीले २६ तथा दीपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाए ।
पाकिस्तानका लागि अली रजाले सर्वाधिक चार विकेट लिए भने मोहम्मद सय्यम, हुजैफा अहसान र अब्दुल सुभानले दुई–दुई विकेट लिए ।
पहिले व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा आठ विकेट गुमाएर ३४७ रन बनाएको थियो । उसका लागि समीर मिन्हासले १७२ रन बनाए । अहमद हुसेनले ५६ रन योगदान दिए ।
भारतका लागि दिपेश देवेन्द्रनले तीन विकेट लिए भने खिलन पटेल र हेनिल पटेलले दुई–दुई विकेट लिए भने कनिष्क चौहानले एक विकेट लिए ।