टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा 

शुभमन गिल बाहिरदाँ, ईशान किशन भित्रिए
शनिबार, पुस ५, २०८२

काठमाडौँ :आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने भारतीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आज सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसपटक शुभमन गिल टोलीबाट बाहिरिएका छन् भने ईशान किशनको पुनरागमन भएको छ। रिंकू सिंह र संजू स्यामसनलाई पनि टोलीमा समावेश गरिएको छ।

घोषित टोलीले ११ जनवरीदेखि न्युजिल्यान्डविरुद्ध सुरु हुने तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा पनि सहभागिता जनाउनेछ ।

भारतले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ७ मा मुम्बईमा अमेरिका विरुद्धको खेलबाट सुरु गर्नेछ। त्यसपछि फेब्रुअरी १२ मा दिल्लीमा नामिबिया, फेब्रुअरी १५ मा कोलम्बोमा पाकिस्तान र फेब्रुअरी १८ मा अहमदाबादमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्