सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत र पाकिस्तान यु–१९ एशिया कप क्रिकेटको फाइनलमा पुगेका छन् ।
आज भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ८ विकेटले तथा पाकिस्तानले पनि बंगालादेशलाई ८ विकेटलेनै हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
जितकालागि बंगालादेशले दिएको १२२ रनको लक्ष्य पाकिस्तानले १६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा समीर मिन्हासले अविजित ६९ रन जोडे । त्यसअघि युएइमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले २६.३ ओभरमा सवै विकेट गुमाउँदै १२१ रन मात्रै बनाउन सक्यो । उसकालागि सामुइन बसिरले सर्वाधिक ३३ रनको योगदान गरे । कप्तान अजिजुल हाकिमले २० तथा रिफाद वेगले १४ रन बनाए पनि अँय ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । बंगालादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ अब्दुल सुदानले सर्वाधिक ४ विकेट लिए ।
अर्को सेमिफाइनलमा श्रीलंकाले दिएको १३९ रनको लक्ष्य भारतले १८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । भारतको जितमा विहान मल्होत्राले सर्वाधिक ६१ तथा आरोन जर्जले अविजित ५८ रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । पिच भिजेर मैदान ओसिलो भएपछि २० ओभरमा छोट्टाइएको खेलमा चमिका हीनातिगालाले सर्वाधिक ४२ रन जोडे ।
कप्तान विमथ दिनसाराले ३२ तथा सेठमिका सेनेविरत्नेले ३० रन जोडे ।
उपाधिकालागि आइतवार भारत र पाकिस्तान भिड्ने छन् ।