यु–१९ एशिया कप: बंगालादेशले दियो पाकिस्तानलाई १२२ रनको लक्ष्य 

शुक्रबार, पुस ४, २०८२

काठमाडौँ :यु–१९ एशिया कप क्रिकेटको फाइनल पुग्न बंगालादेशले पाकिस्तानसामु १२२ रनको लक्ष्य दिएको छ ।

युएइमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले २६.३ ओभरमा सवै विकेट गुमाउँदै १२१ रन मात्रै बनाउन सक्यो । उसकालागि सामुइन बसिरले सर्वाधिक ३३ रनको योगदान गरे । कप्तान अजिजुल हाकिमले २० तथा रिफाद वेगले १४ रन बनाए पनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

बंगालादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ अब्दुल सुदानले सर्वाधिक ४ विकेट लिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्