सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी किक्रेट टिमले आज भारतीय क्रिकेट टिमको सामना गर्दै छ ।
जारी टी २० को चौथो खेलमा भारत र अफ्रिकाबीचको प्रतिस्पर्धा अटल बिहारी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुने छ । पाँच टि २० अन्तर्गत आज चौथो खेल हुन लागेको हो । हाल भारत २–१ को अग्रता बनाउँदै सिरिज जित्ने लक्ष्यमा छ । सिरिजको पहिलो र तेस्रोमा भारतले जित हात पारेको थियो भने दक्षिण अफ्रिकाले दोस्रो खेल जित्तै अंक बनाएको हो ।
गत एक महिनादेखि भारत टुरमा रहेको अफ्रिकी टिमले दुई टेष्ट म्याच र तीन ओडीआई प्रतिस्पर्धा गरेको हो । टेष्ट उपाधि अफ्रिकाले जितेको थियो भने ओडिआई सिरिज भारतले २ १ को नतिजा निकाल्दै जितेको थियो ।
टी २० अन्तर्गत अन्तिम खेल शुक्रबार खेल्दै अफ्रिकाले भारत यात्राको अन्त्य गर्ने छ ।