यु–१९ एसिया कप

एसिया कपमा नेपाल जितबिहिन

अफगानिस्तानसंग ६ विकेटले पराजित
बुधबार, पुस २, २०८२

काठमाडौ: एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

आज भएको खेलमा नेपाल अफगानिस्तानसंग ६ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानको जितमा उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन जोडे ।  

ओस्मान सदतले २८, फैसल सिनोजादाले १३, कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले अविजित ११-११ रनको योगदान गरे । बलिङ तर्फ नेपालका अविशेक तिवारीले दुई तथा विपिन शर्मा र चन्दन रामले एक-एक विकेट हात पारे ।

त्यसअघि युएईको द सेभेन स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले ४६.४ ओभरमा सवै विकेट गुमाउँदै १२४ रनमा समेटिएको थियो । नेपालका लागि दिलशाद अलीले सर्वाधिक ३२ रनको योगदान गरे । चन्दन रामले २७ तथा अभिषेक तिवारीले २० तथा रोशन विश्वकर्माले १२
 रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ जैतुल्लाह सहिनले सर्वाधिक ३ विकेट लिए । यसअघि भएका दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

पहिलो खेलमा श्रीलंकासंग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलनदेशसंग ७ विकेटले पराजित भएको थियो । लगातार तेस्रो हारसंगै नेपालले जितबिहिन रहँदै प्रतियोगिता अन्त्य गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्