सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :दक्षिण एसियाली फुटबलप्रेमीहरूका लागि प्रतिक्षाको घडी सकिएको छ। साफ महिला च्याम्पियनसिपको आठौँ संस्करण सन् २०२६ मा भारतमा आयोजना हुने निश्चित भएको छ।
साफका महासचिव पुरुषोत्तम कट्टेलले बुधबार यसको औपचारिक घोषणा गर्दै फुटबलको यो भव्य उत्सव 'फिफा विन्डो' अनुसार जुनको पहिलो साता सञ्चालन हुने जानकारी दिएका हुन्।
फिफा विन्डोको नयाँ प्रयोग यसपटक साफले खेलाडीहरूको कार्यतालिका र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राख्दै प्रतियोगितालाई फिफा विन्डोमा राख्ने निर्णय गरेको छ। यसले गर्दा खेलाडीहरूलाई चोटमुक्त रहन र उच्च प्रदर्शन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
नेपाललाई बदला लिने सुनौलो मौका पछिल्लो संस्करण (सातौँ) काठमाण्डूको दशरथ रंगशालामा सम्पन्न भएको थियो, जहाँ नेपाल फाइनलमा बंगलादेशसँग २–१ ले स्तब्ध बनेको थियो। घरेलु मैदानमा उपाधि गुमाएको पीडा भुल्न र बंगलादेशको वर्चस्व तोड्न नेपालका लागि भारतमा हुने आठौँ संस्करण एउटा ऐतिहासिक अवसर हुनेछ।
पुरुष साफ बंगलादेशमा? महिला च्याम्पियनसिप भारतमा तय भइरहँदा, साफ पुरुष च्याम्पियनसिप भने बंगलादेशमा हुने सम्भावना प्रवल देखिएको छ। यद्यपि, यसको अन्तिम निर्णय हुन भने बाँकी नै छ।
के सन् २०२६ मा नेपालले भारतको मैदानमा इतिहास रच्दै पहिलो पटक साफको सुनौलो ट्रफी उचाल्न सफल होला? नेपाली समर्थकहरू अहिलेदेखि नै 'जुन २०२६' को क्यालेन्डर हेर्न आतुर छन्।