सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानसामु जितकालागि १२५ रनको लक्ष्य दिएको छ ।
युएईको द सेभेन स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल ४६.४ ओभरमा १२४ रनमा अलआउट भयो । नेपालका लागि दिलशाद अलीले सर्वाधिक ३२ रनको योगदान गरे । चन्दन रामले २७ तथा अभिषेक तिवारीले २० तथा रोशन विश्वकर्माले १२ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ जैतुल्लाह सहिनले सर्वाधिक ३ विकेट लिए ।
यसअघि भएका दुई खेलमा नेपाल पराजित भईसकेको छ । पहिलो खेलमा श्रीलंकासंग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलनदेशसंग ७ विकेटले पराजित भएको थियो ।