सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अब क्रिकेटको विश्वकप पनि प्रत्यक्ष हेर्ने मौका पाउने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष जय शाहले मेसीसँगै अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डी पल र उरुग्वेका फरवार्ड लुइस स्वारेजलाई आगामी ट्वान्टी–२० विश्वकपको भारत–अमेरिका खेल (७ फेब्रुअरी २०२६) हेर्न विशेष निम्तो दिएका हुन्।
मेसी र उनका दुई सहकर्मी ‘गोट इन्डिया टुर’ अन्तर्गत शनिबारदेखि सोमबारसम्म भारत भ्रमणमा थिए। उनले नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा मात्र नभई कोलकाता, हैदराबाद र मुम्बईमा पनि समर्थकसँग भेटघाट गर्दै भारतीय फ्यानलाई मन्त्रमुग्ध बनाएका थिए।
फुटबलका यी सुपरस्टारहरूले क्रिकेटको रोमाञ्चक दृश्य प्रत्यक्ष अनुभव गर्ने यो मौका खेल–प्रेमीहरूका लागि पनि ठूलो खबर बनेको छ।