यु-१९ एसिया कप

नेपालले आज बङ्गलादेशसङ्ग खेल्दै

सोमबार, मंसिर २९, २०८२

काठमाडौं :यु–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र बङ्गलादेशबीच कडा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार विहान १०:४५ बजे सुरु हुनेछ। खेलको आयोजना युएईमा हुँदैछ।

समूह चरणको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएपछि दबाबमा परेको छ। त्यसैले आजको खेल नेपालका लागि गर या मरको अवस्थामा छ। प्रतियोगितामा टिकिरहन र सेमिफाइनलको सम्भावना जीवित राख्न नेपाललाई बङ्गलादेशविरुद्ध जित अनिवार्य बनेको छ।

उता बङ्गलादेश भने एसियाली स्तरको बलियो टोली मानिन्छ। यस्तो अवस्थामा नेपाली युवा टोलीले ब्याटिङ र बलिङ दुवैमा अनुशासित र आक्रामक प्रदर्शन गर्नुपर्ने देखिन्छ। विशेषगरी शीर्ष क्रमका ब्याट्सम्यानबाट ठूलो स्कोर र बलरबाट सुरुवाती विकेट अपेक्षित छ।

पहिलो जितको खोजीमा रहेको नेपाल आज जुझारु प्रदर्शन गर्दै प्रतियोगितामा फर्किने लक्ष्यसहित मैदान उत्रनेछ। सबैको नजर आजको खेलमा नेपाली युवा खेलाडीको आत्मविश्वास र लडाकु खेलमा रहनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्