एनपिएल-२

सुदुरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएलको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ।

आज भएको फाइनलमा सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो पटक उपाधि उचालेको हो । जितकालागि पाएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ८ दशमलब ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीको जितमा दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १६ तथा जोन म्याथु सर्टले १४ रन बनाए । निरोशन डिकवेलाल ११ रनमा अविजित रहे ।

 त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको सुदुरपश्चिम निर्धारित ओभरमा १९.१ ओभरमा ८५ रनमा अलआउट भएको थियो । उसकालागि इशान पाण्डेले सर्वाधिक ३३ रनको योगदान गरे ।

कप्तान दिपेन्द्र सिं ऐरीले १३ तथा हर्मित सिं र स्कट कुगेलेइजनले १०–१० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहारो अंकको रन छुन सकेनन् ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा रोहित पौडेल ,शेर मल्ल र रुबिन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्