लुम्बिनीसंग निरिह सुदुरपश्चिम, ८५ रनमा अलआउट

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जित्न सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध ८६ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको सुदुरपश्चिम १९.१ ओभरमा ८५ रनमा अलआउट भयो । उसकालागि इशान पाण्डेले सर्वाधिक ३३ रनको योगदान गरे ।

कप्तान दिपेन्द्र सिं ऐरीले १३ तथा हर्मित सिं र स्कट कुगेलेइजनले १०–१० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहारो अंकको रन छुन सकेनन् । बिनोद भण्डारी,दिपक बोहरा र पुनित मेहरा सहित ३ खेलाडी शुन्य रनमा आउट भए । आरिफ शेखले ६ तथा सेल्डन ज्याक्सनले १ रन जोडे ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा रोहित पौडेल ,शेर मल्ल र रुबिन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्