यू–१९ एसिया कप : श्रीलंकासंग नेपाल ८ विकेटले पराजित

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ :यू–१९ एसिया कप क्रिकेटमा नेपाल पराजित भएको छ ।

आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासंग ८ विकेटले पराजित भएको हो ।

युएईएको सेभेन स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल २८.८ ओभरमा ८२ रनमा अलआउट भयो । नेपालकालागि सीब्रीन श्रेष्ठले सर्बाधिक १८ रन जोडे । साहिल पटेलले १२ तथा निरज कुमार यादवले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ श्रीलंकका सेठमिका सेनेविरत्नेले सर्वाधिक ५ विकेट लिए ।

जितकालागि नेपालले दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा दिमन्थ महाविथानाले  सर्वाधिक ३९ रनको योगदान गरे । कविजा गामागेले २४ तथा विरन चामुदिथाले १० रन बनाए ।

नेपालले अब दोस्रो खेल सामेबार बंगालादेश तथा बुधबार अफगानिस्तानसंग खेल्नेछ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्