सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई दिइने पुरस्कार यसपटक चर्चाको विषय बनेको छ।
पुरस्कार स्वरूपको कारको बजार मूल्य झन्डै ६२ लाख रुपैयाँ छ । सम्भवत: नेपाली खेलकुदमा हालसम्मको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार यहि नै हो । यस वर्षको सर्वोत्कृष्ट खेलाडीको दाबीमा फाइनलमा पुगेका दुई टोलीका खेलाडी मुख्य दावेदार बनेका छन् । शनिवार हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
आज हामी एनपिएलमा कार पाउने मुख्य तीन खेलाडीको चर्चा गर्दैछौँ ।
सबै भन्दा पहिलो सुदुरपश्चिमका खेलाडीबारे चर्चा गर्नेछौँ । १. विनोद भण्डारीः राष्ट्रिय टोलीमा नअटाएका ओपनर समेत रहेका भण्डारी सधैं लोभलाग्दो प्रदर्शन गर्ने गरेका छन् । २६४ रन बनाएका उनले फाइनल अघि नै नेपाली खेलाडीमध्ये शीर्ष स्थानमा छन्। उनको धैर्यपूर्वक ओपनिङ र धक्का–चौकाको खेलले सुदूरपश्चिमलाई जितमा सहयोग पु¥याएको छ ।
२.दीपेन्द्रसिंह ऐरी कप्तान र अलराउन्डर समेत रहेका दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फील्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई मार्गदर्शन गरेका छन्। उनी यसअघि पनि सर्वोत्कृष्ट खेलाडी बनेका थिए । फाइनलमा निर्णायक भूमिका खेले उनले आफ्नो कप्तानीमा पहलिो पटक उपाधि उचाल्नेछन् । सुदुरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । लुम्बिनी लायन्स रोहित पौडेलः
कप्तान रोहित पौडेलले ठूला इनिङ्स त खेलेका छैनन् । तर टोलीलाई फाइनलसम्म पु¥याउने क्षमता भने देखाएका छन् । २६० रन बनाउँदै उनी नेपाली खेलाडीहरूमा दोस्रो उच्च रन जोड्ने खेलाडीका रुपमा छन् । यदि लुम्बिनी लायन्सले फाइनल जितेमा रोहित सर्वोत्कृष्ट खेलाडी बन्ने प्रबल दावेदार हुनेछन् । एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र उदाउँदा खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । फाइनलको प्रदर्शन निर्णायक हुने भएकाले विनोद, रोहित, अविनाश बोहरा र सन्दीप लामिछानेजस्ता खेलाडी पनि पुरस्कारका लागि प्रतिस्पर्धामा छन् ।