सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपालको राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यस पटक पनि यथावत् रहेको छ। पछिल्ला चार खेलमध्ये तीनमा पराजय खेपेपनि नेपाल अघिल्लो जस्तै ८९औँ स्थानमै अडिएको हो।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (FIFA) ले सार्वजनिक गरेको नयाँ र्याङ्किङअनुसार नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म चार अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसमध्ये नेपालले इरानसँग ३–०, इन्डोनेसियासँग २–१, र चाइनिज ताइपेईसँग १–० ले हार बेहोरेको थियो। तर भारतविरुद्ध भने टिमले शानदार प्रदर्शन गर्यो र २–१ को जित निकाल्दै सकारात्मक संकेत दिएको थियो।
लगातार पराजयका बाबजुद नेपालले आफ्नो स्थान जोगाउन सफल भएको यो परिणामले महिला फुटबलमा स्थिरताका साथै सुधारको आवश्यकता पनि स्पष्ट गर्छ।