सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटमा १३४ रन बनायाे। लुम्बिनीका डार्शी शर्टले ४५ रन, कप्तान रोहितकुमार पौडेलले ३४ रन जोडे। विराटनगरबाट सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट, सन्दीप लामिछानेले २ विकेट लिए।
१३५ रनको लक्ष्य पछ्याएको विराटनगर कमजोर सुरुवातपछि ९४ रनमै अलआउट भयो। लुम्बिनीका तिलक भण्डारीले ३ विकेट, जेजे स्मिट, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले २–२ विकेट लिए।
यससँगै लुम्बिनी लायन्स उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। फाइनल खेल शनिबार दिउँसो साढे ३ बजे, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।