सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
आज भएको एलिमिनेटर खेलमा काठमाडौँ गुर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । जितकालागि काठमाण्डौले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
लुम्बिनीको जितमा जोन म्याथ सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाउँदा डिलान्था निरोशन डिकवेलाले १४ रन जोडे ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको काठमाडौँ १९.१ ओभरमा १११ रनमा समेटिएको थियो । उसकालागि सन्तोष यादवले सर्वाधिक २३ रन जोडे । जोन सिम्पसन र आदिल आलमले समान १८–१८ तथा भीम सार्कीले १४ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिदाँ रुवेन ट्रम्पलम्यानले २ विकेट हात पारे ।
लुम्बिनीका कप्तान रोहित पौडेल प्लेअर अफ दी म्याच घोषित भए ।
जितसंगै लुम्बिनीले दोस्रो क्वालिफायरमा भोली विराटनगर किङ्ग्ससंग खेल्नेछ । भोलीको बिजेताले फाईनलमा उपाधिकालागि सुदूरपश्चिम रोयल्ससंग शनिवार खेल्नेछ ।
हारसंगै काठमाडौँले चौथो स्थानमा रहेर दोस्रो संस्करणको एनपिएल अन्त्य गरेको छ ।