काठमाडौँद्वारा लुम्बिनीसामु ११२ रनको सामान्य लक्ष्य

बुधबार, मंसिर २४, २०८२

काठमाडौं :नेपाल प्रिमियर लिग(एनपीएल)को एलिमिनेटरमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्ससामु ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको काठमाडौँ १९.१ ओभरमा १११ रनमा अलआउट भयो । उसकालागि  सन्तोष यादवले सर्वाधिक २३ रन जोडे । जोन सिम्पसन र आदिल आलमले समान १८–१८ रन बनाए । भीम सार्कीले १४ तथा रन बनाए ।

बलिङतर्फ लुम्बिनीका रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट हात पारे । रुवेन ट्रम्पलम्यानले २ विकेट लिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्